Sagun Khabar
राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट शेयर सदस्य सम्मानित 

बैतडी–राष्ट्रिय सहकारी दिवसको अवसरमा बैतडीको एक सहकारी संस्थाले आफ्ना ५ जना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मानित गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई सम्मानित गरेको सहकारी संस्थाका सह–व्यवस्थापक खेमराज भट्टले जानकारी दिए । 

चालु आर्थिक बर्षको अहिले सम्म सहकारीका विभिन्न क्रियाकलापमा उत्कृष्ट रहेका शेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको सहव्यवस्थापक भट्टले बताए । सम्मानित हुनेमा कमला भट्ट, पशुपति भट्ट, कमला भाट, लोग भाट र दिपा भट्ट रहेका छन् । 

सम्मानित भएका सदस्यहरुलाई सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्ट र वडा अध्यक्ष विष्णुदत्त भट्टले सम्मानित गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको छ । महारुद्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्ट प्रमुख अतिथी रहेका थिए । 

सहकारीमा सुशासन,प्रविधि र एकीकरण भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा सहकारी संस्थाका बालबचतकर्ताहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । 

दिवसको अवसरमा सहकारी संस्थाका व्यवस्थापक मदनसिंह भाटले सहकारी संस्था ६९लाख ६१ हजार ३०८ रुपैयाँ बराबरको बचत, १ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर पूँजी र ६८ लाख ६४ हजार १३४ रुपैयाँ लगानी रहेको विवरण प्रस्तुत गरेका छन् । 

२०५३ सालमा स्थापना भएको महारुद्र बचत तथा ऋण सहकारी संस्थामा ३सय १८ जना शेयर सदस्य रहेका छन् भने १ सय ५१ जना बालबचतकर्ता रहेका छन् । 

जिल्लाका कतिपय सहकारी संस्था बन्द हुँदै गएको अवस्थामा महारुद्र बचत तथा ऋण सहकारी संस्था अब्बल बन्दै गएको छ । पछिल्लो समयमा सहकारीले डिजिटल प्रणालीमार्फत कारोबार सञ्चालन गरेको सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले जानकारी दिए । सहकारीमार्फत स्थानीय नागरिकको बित्तीय पहुँच अभिवृद्धिका लागि सहकारीले काम गरिरहेको उनले बताए । 

सहकारीले आफ्नो सेवा क्षेत्रलाई विस्तार गर्दै आगामी दिनमा नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update