Sagun Khabar
दनपाले दोश्रो नगर स्थापना दिवस मनाउने 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले विभिन्न कार्यक्रमका साथ दोश्रो नगर स्थापना दिवस मनाउने भएको छ । चैत २४ गते नगर स्थापना दिवसको मूल कार्यक्रमको आयोजना गरिने र त्यो भन्दा अघि बुधबारदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ । 

दोश्रो नगर स्थापना दिवसको अवसरमा बुधबार उच्च माविस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । शिक्षा शाखाको समन्वयमा उक्त कार्यक्रमको आयोजना हुने उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै चैत २२ गते मुस्याचौर, देहीमाण्डौं बजार र निङ्गलाशैनी भगवती मन्दिर प्रांगणमा सरसफाइ गर्ने कार्यक्रम तय भएको छ । उक्त सरसफाइ कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं १ र २ का जनप्रतिनिधिहरुको समेत सहभागिता रहने नगरपालिकाले जनाएको छ । 

चैत २३ गते बिहान जिल्ला कारागारका कैदीबन्दीहरुलाई फलफूल वितरण कार्यक्रम राखिएको छ । नगर प्रमुख,उपप्रमुख लगायतको उपस्थितीमा फलफूल वितरणको कार्यक्रम राखिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए । 

यस्तै चैत २३ गते नै दशरथचन्द नगरपालिका परिसर र वडा कार्यालयहरुमा सरसफाइको कार्यक्रम तय भएको छ । साँझ ५ बजे गढीस्थित शहीद दशरथ चन्दको शालिकमा दीप प्रज्वलन कार्यक्रम राखिएको छ भने वडाहरुमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ । 

यस्तै चैत २४ गते गोठलापानीस्थित बसपार्कमा विविध कार्यक्रमका साथ नगर स्थापना दिवसको मूल समारोह र मञ्चको कार्यक्रम आयोजना गरिने जनाइएको छ । दशरथचन्द नगरपालिकाले गत बर्षदेखि नगर स्थापना दिवस मनाउँदै आएको छ । नगर स्थापना दिवसको अवसरमा तय भएका कार्यक्रममा सहभागिताका लागि नगरपालिकाले सबैमा आग्रह समेत गरेको छ । 

Nagar-staphna-1712060235.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update