Sagun Khabar
हराएकी बैतडीकी माधवी सकुशल भेटिइन् 

बैतडी –सोमबार बिहानदेखि हराइरहेकी बैतडीकी एक महिला सकुशल भेटिएकी छन् । जिल्लाको पाटन नगरपालिका –१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट सोमबार बिहानदेखि बेपत्ता भएकी थिइन् । 

उनी मंगलबार दिउँसो घर नजिकैको चेम्बरा खोलामा सकुशल भेटिएकी उनका आफन्त जयराज भट्टले जानकारी दिए । खोजी गर्दै जाँदा उनी सकुशल भेटिएको हुन् । उनको स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी बाटोमा छोडेर बेपत्ता भएकी थिइन् । त्यसपछि घरपरिवार र गाउँलेहरुले हिजोबाटै उनको खोजी गरेका थिए । 

खोजी गर्दै जाँदा उनी आज दिउँसो फेला परेकी हुन् । माधवी एक्लै खोलामा किन बसिन् भन्ने बिषय भने खुलेको छैन् । अहिले माधवीलाई उनको घरमा पुर्याइसकिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update