Sagun Khabar
एमाले पाटनको अध्यक्षमा धर्मराज भट्ट
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी —नेकपा एमाले पाटन नगर कमिटिको अध्यक्षमा धर्मराज भट्ट चयन भएका छन् । बैतडीको पाटनमा सम्पन्न भएको दोश्रो नगर अधिवेशनले ५९ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए ।

अध्यक्षमा धर्मराज भट्ट, उपाध्यक्षमा भिम भट्ट, सचिवमा रमेश बिष्ट, उपसचिवमा महेश पन्त र हरिना भट्ट चयन भएका अध्यक्ष बिकले जानकारी दिए । 

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील भट्ट एमालेको नगर कमिटि अध्यक्षमा चयन भएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update