Sagun Khabar
बैतडीः एमाले सिगासको  पालिका अधिवेशन सम्पन्न, अध्यक्षमा साउद चयन 

बैतडी - नेकपा एमाले सिगास  गाउँपालिका  कमिटी  अध्यक्षमा साउद  चयन भएका छन् । बुधवार  बैतडीको सिगास गाउँपालिकामा सम्पन्न  दोस्रो अधिवेशन बाट अध्यक्षमा जस्बीर साउद सर्वसम्मत चयन भएका हुन् ।

यस्तै  उपाध्यक्षमा  जगदिश ढाट, सचिवमा .भुवन धामी, उप सचिवमा तारा साउद र हरि साउद  सहित ४१ जानाको कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमाले बैतडी अध्यक्ष नरेश विकले बताए । एमाले बैतडी अहिले पालिका अधिवेशन गरेर नयाँ  नेतृत्व चयन गरिरहेको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिका,  पाटन नगरपालिका र  सिगास  गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको एमाले  बैतडीले केहि दिनमै अन्य पालिकामा पनि अधिवेशन गर्ने तयारी गरेको  छ ।   

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update