Sagun Khabar
बैतडीको पाटनमा अब प्रत्येक महिनाको अन्तिम शनिवार हाटबजार 

बैतडी- बैतडीको पाटनमा अब प्रत्येक महिनाको अन्तिम शनिवार  हाटबजार लाग्ने भएको छ । पाटन बजार व्यवस्थापन समितिले नयाँ बर्षको बैशाख देखी महिनाको अन्तिम शनिवार हाटबजार लगाउने निर्णय गरेको  हो ।

बिहीबार पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको अध्यक्षतामा बसेको बैठकले हाटबजार लगाउने  निर्णय गरेको बजार व्यवस्थापन समिति सचिव पवन भण्डारीले जानकारी दिए ।     पाटन नगरपालिका वडा नं ६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार लाग्ने उनले बताए । हाटबजारको दिन पाटन बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बजार व्यवस्थापन समिति अध्यक्ष खेम राज भट्टले  बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

आउँदो वैशाख देखी महिनाको पहिलो शनिबार पनि बजार बन्द हुने छ भने अन्तिम शनिबार हाटबजार लाग्ने छ । बजारमा व्यापारीले आफ्नो समाग्रीहरु बिक्रीका लागि राख्न सक्ने र गाउँका कृषकले पनि आफ्नो उत्पादन ल्याएर बिक्रि पाउने  छन् ।

सबै किसानलाई आफ्नो उत्पादन तरकारी, मकै, धान, कोदो लगायत अन्नहरु समेत विक्रि गर्ने ल्याउन समितिले आग्रह गरेको छ । हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ । यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको  छ । हाटबजार सञ्चालन पछि व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update