Sagun Khabar
बैतडी ट्याक्टर दुर्घटना अपडेटः दुई जनाको घटनास्थलमै  मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा  ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे  आउँदै   गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रबार  विहान  जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए  । मृत्यु हुनेमा  कञ्चनपुरको  शुक्लाफाटा नगरपालिका वडा नं  ३ पिपलाडी बस्ने ट्याक्टर चालक ३० वर्षिय   राजेश चौधरी र  पाटन नगरपालिका  वडा नं  १० पनालीका ५० वर्षिय   मानसिंह बिष्ट   रहेका पाटन नगरपालिका  वडा नं  ८ का वाड अध्यक्ष हरिश विष्टले  बताए ।  दुर्घटनामा ज्यान गुमाउने मानसिंह विष्ट अन्रपूर्ण राष्ट्रिय दैनिकका बैतडी समाचारदाता र स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत पत्रकार कृष्ण विष्टका बुवा हुन् ।

 ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण  खुलेको  छैन् । घटनाबारे   थप अनुसन्धान  भैरहेको  प्रहरी प्रवक्ता   केसिले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update