Sagun Khabar
बैतडीको झौलेक क्षेत्रमा सडक  दुर्घटनाले  लिन्छ वर्षेनि ज्यान, मोड सुधारमा छैन् सरोकारवालाको ध्यान 

बैतडी- बैतडीको झौलेक क्षेत्रमा  सडक दुर्घटनामा परेर एक वर्षमा ८ जनाको ज्यान गएको  छ । जयपृथ्बीराजमार्ग अन्तर्गतको खोड्पे–बझाङ सडकखण्डको झौलेक क्षेत्रमा सवारी दुर्घटनामा परेर एक वर्षको  अवधिमा ८ जनाको  ज्यान गएको  हो । साँघुरो सडकका कारण  झौलेक क्षेत्रको ५ सय मिटर सडकमा  बढी दुर्घटना भैइरहेका छन् ।

सडक डिभिजन कार्यालय पाटनमार्फत सडक फराकिलो  गर्ने काम भैरहेपनि ठेकेदारले सजिलो क्षेत्रमा मात्रै सडक फराकिलो बनाउने गरेको आरोप छ ।  ढुंगाको चट्टानमा ठेकेदारले काम गरेको छैन् । सडकमा दुर्घटना न्यूनिकरण गर्न २०७४ सालमा करोडौँका स्टिल बेरियर लगाएको थियो ।मोड सुधारका नाममा अहिले ती सबै भत्काईएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

घुम्तीमा नै कालोपत्रे मोडसुधारका नाममा स्टिल बेरियर  भत्काएपछि दुर्घटनाको जोखिम झन बढेको पाटन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिश सिंह बिष्टले बताए । एक बर्षको अवधिमा यो सडक खण्डमा  तीन ओटा सवारी दुर्घटना भएका छन् ।  सो दुर्घटनामा पररे  आठ जनाले  अकालमै  ज्यान गुमाएका छन् ।

बिहीवार राति मात्रै पनि यो सडकमा  ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर  जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो। गत बर्षको चैत्र २९ गते पनि झौलेकमै जिप दुर्घटनामा परी एकै गाउँका ६ जना अस्ताएका थिए ।

 पाटन नगरपालिका ८ झौलेकमा २०७९ चैत्र २९ गते मंगलबार राति करिब ११ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका– ५ का एकै गाउँका ६ जनाको ज्यान गएको थियो । से १ ज ७६४ नम्बरको उक्त जिप खोड्पेदेखि बझाङ जाने क्रममा सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

दुर्घटनामा ५ जनाले भने हाम फालेर ज्यान बचाएका थिए । सडक खण्ड ज्यान मारा बन्दै गएपनि स्तरोन्ति र मोड सुधारमा  सरोकारवालाहरुको  ध्यान जान सकेको  छैन् । 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update