Sagun Khabar
बैतडीका एक युवक मृत फेला 

बैतडी- बैतडीका एक युवक मृत फेला परेका छन् ।  जिल्लाको पुर्चाैडी नगरपालिका  वडा नं  ५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् ।

बोहरा आफ्नै  घर भित्र  झुण्डीएको  अवस्थामा मृत भेटिएका  पुर्चौडी नगरपालिका  वडा नं  ५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक बोहराको  घरमा श्रीमती र एक छोरा रहेका वडा अध्यक्ष खडायतले  बताए ।  झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा  गत पौस महिना मात्रै  नेपाल फर्किएका थिए । बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन् ।

घटनाबारे   थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update