Sagun Khabar
बैतडीको रामकिबरायल सामुदायिक वनको वार्षिक  साधारण सभा सम्पन्न 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको रामकिबरायल सामुदायिक वनको साधारण सभा सम्पन्न भएको छ । जिल्लाको  सुर्नया गाउँपालिका  वडा नं ५ स्थित रामकिबरायल सामुदायिक वनको ३० औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको  हो ।

वनका अध्यक्ष धौलसिंह विष्टको सभाध्यक्षतामा साधारण सभा सम्पन्न भएको सामुदायिक वनका सचिव जगदिश विष्टले  जानकारी दिए । सिद्धनाथ आधारभूत विद्यालय धुलिधारको  प्राङ्गणमा  सम्पन्न वार्षिक साधारण सभामा ५ लाख बरावरको आयव्य प्रस्तुत गरिएको छ । २०५० सालमा स्थापना भएको सामुदायिक वनमा २ सय २६ उपभोक्त रहेका छन् ।

वन समितिले वार्षिक रुपमा दाउरा स्याउला, काठ कटान गरे बाफत शुल्क लिने गरेको छ । यो सामुदायिक वन २ सय  ९३ दशमलब ६४ हेक्टर क्षेत्रफलमा फैलिएको  छ । सामुदायिक वनको कोषमा अहिले साढे चार लाख भन्दा बढी रकम  रहेको सचिव विष्टले बताए । अगामी दिनमा वन संरक्षणका लागि कार्यकम सञ्चालन गर्न  पहल गरिने वन उपभोक्ता समितिले जनाएको  छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update