Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकाले  मनायो दोस्रो स्थापना दिवस

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले दोस्रो स्थापना दिवस मनाएको छ । नगरपालिका स्थापनाको २७ वर्ष पुरा भइ २८बर्षमा प्रवेश गरेको खुसियालिमा अवसरमा नगरपालिकाले शनिवार  भव्य रुपमा  स्थापना दिवस मनाइएको हो ।

दिवस मुल समारोहका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले नगरपालिकालाई आर्थिक, भौतिक, सर्वांगीण विकास तथा उत्तरोत्ततर प्रगतीको शुभाकामना व्यक्त गरे । उनले नगरपालिकामा शुसासन कायम गर्ने सवालमा आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताए ।नगरपालिकाले ४दिन सम्म विभिन्न कार्यक्रम गरि दिवस मनाएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिको स्थापना दिवसमा बोल्दै  नगर प्रमुख पुष्कर जोशी लख्खा भाईले जनचाहना अनुसार काम भैरहेको बताए । उनले  शिक्षा, स्वास्थ्य , खेल कुद जस्ता क्षेत्रहरुको  विकासलाई  प्राथमिकतामा राखेर  काम भैरहेको  दाबी गरेका छन् ।  यस्तै  कार्यक्रममा बोल्दै उप प्रमुख कौशिला चन्दले  जनचाहना अनुसार नगरको  विकास भैरहेको  बताइन् । अगामी दिनमा पनि नगरबासीलाई स्थानीय सरकारको  आभास हुने गरेर काम गरिने उनको  भनाइ  छ । 

दिवसको अवसरमा वक्तित्वकला, सरसफाई तथा फलफुल वितरणका कार्यक्रम गरिएका थिए भने शनिबार सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको प्रमुख पशासकिउ अधिकृत जोशीले बताए  । नगरपालिकाको  स्थापना दिवसमा जनप्रतिनिधि, कर्मचारी लगायत नगर भित्रका नागरिकहरुको सहभागिता रहेको थिया । नगरपालिकाले गतबर्ष पहिलो पटक स्थापना दिवस मनाएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update