Sagun Khabar
बैतडीको सुर्नयामा नेकपा एमालेको नयाँ नेतृत्व, अध्यक्षमा अवस्थी चयन 

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नेकपा एमालेले नयाँ नेतृत्व चयन गरेको  छ ।  शनिवार  सम्पन्न दोस्रो गाउँकमिटीको अधिवशेनले नयाँ नेतृत्व चयन गरेको  हो ।

नेकपा एमाले सुदूरपश्चि प्रदेश कमिटी सदस्य   जयन्त कुँवरको  प्रमुख आतिथ्यता तथा एमाले बैतडी उपाध्यक्ष लोकेन्द्र  भण्डारीको  विशिष्ट आतिथ्यतामा  सम्पन्न अधिवेशनले अध्यक्ष पदमा पदम अवस्थीलाई सर्वसम्मत चयन गरेको छ  । यस्तै उपाध्यक्षमा निरन्जन बिष्ट, सचिवमा कृष्ण बिष्ट र उप सचिवमा बिक्रम कुँवर र  बिनिता राई विष्ट  चयन भएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

अधिवेशनले  प्रमुख पदाधिकारी सहित ४५ सदस्यीय  सुर्नया गाउँ कमीटी चयन गरेको  एमालेका युवा नेता बिक्रम विष्टले जानकारी दिए । नेकपा एमाले सुर्नया गाउँ कमिटी अध्यक्षमा चयन भएका अवसस्थीले  पार्टीलाई  बलियो  बनाउन तर्फ  आफु लागि पर्ने बताएका छन् ।

निर्वतमान गाउँ कमिटी अध्यक्ष राजेन्द्र प्रशाद भट्टको सभाध्यक्षतामा  सुर्नया ५ मा सम्पन्न अधिवेशनमा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update