Sagun Khabar
बैतडीको सिगास -२ का महिलाहरुलाई सिलाई कटाई तालिम

बैतडी- बैतडीको सिगास गाउँपालिका वडा नं -२ का महिलाहरुलाई सिलाई कटाई तालिम दिन थालिएको छ । गाउँपालिकाको वडा नं २ मा महिलाहरुलाई सिलाई कटाई तालिम दिन थालिएको हो ।

चैत्र १३ गते  देखि तालिम सञ्चालन भएको सिगास गाउँपालिकाका उद्यम विकास सहजकर्ता केशब साउदले जानकारी दिए । महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको उनले बताए । पालिकाको ६ लाख बजेटबाट महिलाहरुलाई सिलाई कटाइ तालिम दिइदै छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

पछाडि परेका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम सञ्चालन गरिएको वडा अध्यक्ष ठगेन्द्र सिंह ऐरले बताए । सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

तालिममा महिलाहरुलाई कपडा सिउने कला सिकाइदै छ । सिलाई कटाई तालि लिन पाउँदा महिलाहरु पनि खुसि छन् । तालिम पछि  महिलाहरुलाई  व्यवसायिक रुपले अगाडी बढ्न सहयोग मिल्ने उद्यम विकास सहज कर्ता साउदले  बताए ।

गाउँघरमै सीप विकास तालिम लिन पाउँदा खुसि लागेको तालिममा सहभागि महिला मिना साउद धामीले  बताइन् । सिलाई  कटाई  तालिम लिने चासो भएपनि तालिम अभावले  बञ्चित वडा नं २ का महिलाहरु अहिले हर्षित भएर कपडा सिउने कला सिक्दै छन् । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update