Sagun Khabar
कांग्रेस बैतडीको बैठक पुर्चौंडीमा सम्पन्न, के–के भए निर्णय ? 

बैतडी –नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको पूर्ण बैठक पुर्चौंडीमा सम्पन्न भएको छ । शनिबार पार्टी सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले चैत २९ गते जिल्लाका ८४ ओटै वडामा वडा कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । 

यस्तै जेठ १५ गतेभित्र पाटनमा केन्द्रीय नेताहरुको सहभागितामा तीन दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ भने वैशाख मसान्तभित्र क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा बुझाउने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए । 

यस्तै २००७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएका व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय पनि बैठकले गरेको सचिव जोशीले बताए । यस्तै जनतासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग अन्तरक्रिया 

नेपाली कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यही चैत १४ गते पाटनबाट शुरु भएको अभियान अन्तर्गत दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिका अन्तरक्रिया तथा भेटघाट सम्पन्न भएको सचिव जोशीले जानकारी दिए । 

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गरिरहेको काम, चुनावका बेला गरेको प्रतिबद्धता र आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्ने गरिएको सचिव जोशीले बताए । 

सभापति चतुरबहादुर चन्दको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिको टोलीले जनप्रतिनिधिहरुसंग छलफल गरिरहेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए । आज सिगास गाउँपालिकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गरिने उनले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको र सोही अनुसार कार्यक्रमहरु सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।  

Discuss-1712463191.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update