Sagun Khabar
बैतडीका एकजनाको भारतमा मृत्यु 

बैतडी–रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एकजना मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका –१ श्रीखण्ड घर भएका ४५ बर्षीय देवदत्त भट्टको भारतको चण्डीगढमा मृत्यु भएको स्थानीय समेत रहेका एमालेका वडा कमिटि अध्यक्ष मदनसिंह भाटले जानकारी दिए । 

करीब ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार निधन भएको बताइएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक भट्टका घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

नेपाल प्रहरीको हवलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए । रोजगारीको सिलसिलामा भट्टको भारतमै निधन भएपछि परिवारको विचल्ली भएको छ । भट्टको निधनले गाउँ शोकमा डुबेको भाटले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update