Sagun Khabar
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँ पुग्यो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले बढेर एकलाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update