Sagun Khabar
बैतडीको एक सामुदायिक वनमा आगलागी , टेलिकम टावर आगलागीको जोखिममा 
फाइल फोटो

बैतडी–बैतडीको एक महिला सामुदायिक वनमा आगलागी भएको छ । पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाको सिमानामा रहेको सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

आइतबार बिहानै सामुदायिक वनमा आगलागी भएको खबर प्राप्त भएको प्रहरी निरीक्षक जोशीले बताए । सामुदायिक वनमा आगलागी भएपछि गोफाकेदार क्षेत्रमा राखिएका नेपाल टेलिकमको टावर आगलागीको जोखिममा परेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

आगो निभाउनका लागि नेपाल प्रहरी र वनको टोली खटिएपनि आगलागी भएको ठाउँमा अझै पुग्न सकेको छैन् । आगलागी भएको ठाउँको अवस्था हेरेरमात्रै थप विवरण प्राप्त हुने प्रहरी निरीक्षक जोशीले बताए । 

यस्तै बैतडी सदरमुकाम नजिकै रहेको रामपातल क्षेत्रमा लागेको आगो भने प्रहरीले नियन्त्रणमा लिएको छ । रामपातल क्षेत्रमा भएको आगलागी शनिबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update