Sagun Khabar
एमाले पञ्चेश्वरको अध्यक्षमा जोशी 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेकपा एमालेको पञ्चेश्वर गाउँकमिटि अध्यक्षमा कालुसिंह जोशी सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न गाउँ कमिटि अधिवेशनले जोशीको अध्यक्षतामा ३७ सदस्यीय नयाँ गाउँ कमिटि चयन गरेको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए । 

गाउँ कमिटिको उपाध्यक्षमा देवबहादुर चन्द, सचिवमा विरेन्द्रसिंह भण्डारी, उपसचिवमा बिमला घटाल र गजेन्द्र नेपाली चयन भएका छन् । 

गाउँ कमिटि अधिवेशनका लागि जिल्ला इञ्चार्ज निरु पाल, केन्द्रीय सदस्यहरु लिलाधर भट्ट र पुरनसिंह दयाल लगायतका नेताहरु पञ्चेश्वर पुगेका थिए । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update