Sagun Khabar
बैतडीका ८४ ओटै वडामा कांग्रेसको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने

बैतडी –नेपाली कांग्रेसले बैतडीका ८४ ओटै वडामा नयाँ बर्षको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकको निर्णय अनुसार चैत २९ गते ८४ ओटै वडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । 

सम्बन्धित वडा कार्यसमितिको आयोजनामा चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पत्राचार समेत गरिसकेको सहसचिव चन्दले बताए । 

वडाको भुगोल भित्र पर्ने कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सञ्चालन गर्न र कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन सातदिनभित्र जिल्ला कार्यसमितिमा पठाउन निर्देशन समेत दिइएको सहसचिव चन्दले बताए । 

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले ८४ ओटै वडा कार्यसमितिलाई पत्र लेख्दै नयाँ बर्षको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्न निर्देेशन दिएका छन् । 

पछिल्लो समयमा कांग्रेस सभापति चन्दको सहभागितामा १० ओटै पालिकामा जनप्रतिनिधिहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुसंग पार्टीले छलफल गरिरहेको उनले बताए । 

पालिकाहरुमा नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन आफूहरुले अभियान सञ्चालन गरेको सचिव जोशीले बताए । 

Nc-1-1712546383.jpg
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update