Sagun Khabar
बैतडीको  शिवनाथमा आँखा उपचार सेवा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  शिवनाथमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । च्यारेटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा शिबनाथ गाँउपालिकाको कार्यालय सुल्लेखानमा  आँखा उपचार केन्द्र सञ्चालनमा आएको  हो ।

आँखा उपचार केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच  उद्घाटन गरिएको गाँउपालिका अध्यक्ष कर्णसिह साउदले जानकारी दिए । केन्द्र  सञ्चालन आएपछि अब आँखा अस्पताल सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई  सेवा  लिन सहज हुने  उनले बताए ।

 आँखा उपचार केन्द्र मार्फत जनतालाई न्यूनतम शुल्कमा अन्धोपनबाट जोगाउ समयमै उपचार गराईने गाउँपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update