Sagun Khabar
नेकपा एमाले  पुर्चाैडीको दोस्रो नगर  अधिवेशन सम्पन्न, अध्यक्षमा जयलाल चयन
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- नेकपा एमालेले   बैतडीको  पुर्चाैडी  नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको  छ । मंगलबार  देखि जारी  दोस्रो नगर अधिवेशनले बुधवार  नयाँ नेतृत्व चयन गरेको  हो ।

दुई दिन सम्म चलेको  अधिवेशनले  जयलाल साउदलाई  अध्यक्षमा चयन गरेको हो । यस्तै  उपाध्यक्षमा धन बहादुर महरा, सविचा  लोकेन्द्र ऐरी, उप सचिवमा पार्वती बोहरा र  हेमराज पन्त चयन भएको  नेकपा एमाले बैतडीका अध्यक्ष नरेश बिकले  जानकारी दिए ।

सम्पन्न अधिवेशनले पुर्चौडी नगरपालिकामा ५५ सदस्यीय नगर कमिटी सर्बसम्मत रुपमा चयन गरेको उनले  बताए । पुर्चौडी हाटमा सम्पन्न अधिवेशनमा  सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम ,  पार्टी अध्यक्ष नरेश बिक, पार्टी इन्चार्ज निरु पाल र केन्द्रीय  सदस्य  लिलाधर भट्ट , लगायतका एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको  थियो । बाँकी रहेका पालिकामा पनि छिट्टै  अधिवेशन गरिने  नेकपा एमाले  बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update