Sagun Khabar
बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको चटारो

बैतडी- बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको चटारो छ । चैत महिनामा माइती पक्षले विवाहित छोरी बैनीहरुलाई भेट्ने चलन रहेकाले भिटौला जानेहरुको चटारो बढेको हो ।

चैत महिनामा छोरीबैनीहरुलाई भेट्ने प्रचलन अनुसार चैतको अन्तिम सातातिर भेटघाट गर्नेहरु बढेका स्थानीय धर्मान्नद भट्टले । भिटौला जाने चलन अनुसार छोरीबहिनीहरुको घरमा गएर भेटघाट गर्नेहरु बढेका उनले बताए । चैत महिना लागे संगै शुरु भएको  भिटौलोको  अहिले चटारो बढेको उनको  भनाई  छ ।   माइती पक्षको नियास्रो मेट्नका लागि चैतको महिना मिठो मसिनो खानेकुरा लगेर भिटौला जाने चलन रही आएको उनले  बताए   । 

स्वास्थ्य सन्देश
Atrya hospital

यो महिनाको शुरुमा भेटघाट गर्न नपाएकाहरु चैतको अन्तिम साता लागेसंगै भेटघाटमा जाने र आउने क्रम बढेको उनले बताइन् । माइती पक्षले मिठामिठा परीकारहरु पकाएर छोरीबैनीलाई भेट्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । पहिला पहिला घरमै पकाएका चिजवस्तुहरु लगेर भेटघाट गर्ने चलन रहेकोमा त्यो चलन भने फेरिएको छ । अहिले बजारबाटै सामग्रीहरु किनेर लैजाने गरेको पाइन्छ ।

भिटौलाको चलनले छोरा र छोरीबीचको विभेद अन्त्यका लागि समेत भूमिका खेलेको स्थानीय नन्द राज भट्टले  बताए । माइती पक्षले छोरीहरुलाई पनि उत्तिकै महत्व दिने गरेको कुरा यो संस्कृतिले सन्देश दिएको उनको भनाइ छ । वसन्त ऋतुमा माइती पक्षको सम्झना आउने र यो बेला माइती पक्ष पुगेमा नियास्रो मेटिने भएकाले परापूर्वकालदेखि यो संस्कृति चल्दै आएको उनले बताए ।

छोरी बैनीहरुलाई चैतको महिना भेटघाट गर्न भिटौला जाने चलन बैतडी र दार्चुला जिल्लामा बढी रहेको पाइन्छ । यिनै जिल्लाबाट तराइका जिल्लामा बसाइसरेकाहरुले पनि यो संस्कृति अनुकरण गरेको पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update