Sagun Khabar
आयआर्जनमा सुधार ल्याउन महिलालाहरुलाई हातेहोजियारी तालिम
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीका महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि  हातेहोजियारी तालिम दिन थालिएको  हो । पुर्चाैडीमा महिलाहरुका लागि एक महिने हातेहोजियारी तालिम सुरु भएको  नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिए ।

राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत पुर्चाैडी नगरपालिकाको समन्वय, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोग तथा आरती फाउण्डेसन नेपालको आयोजनामा महिलाहरुलाई आत्मनिर्भर बनाउन हातेहोजियारी तालिमको सुरु भएको उनले  बताए ।

सोमबार देखी सुरु भएको तालिम आगामी बैशाख २८ गते सम्पन्न हुने बताइएको  छ ।  पुर्चौडीको  हाटमा सञ्चालित तालिममा   २५ जना महिलाको  सहभागिता रहेको छ । एक महिनासम्म महिलालाई ऊन तथा ऊनको धागोबाट बुन्ने टोपी र मोजा स्वीटर बुन्न सिकाइदै  छ । यस्ता तालिमबाट आर्थिक रूपमा पछि परेका महिलाहरूको आयआर्जनमा सुधार ल्याउन सहज हुने उप प्रमुख मिना धानुकले  बताइन् ।  

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update