Sagun Khabar
ट्याक्टर  दुर्घटना हुँदा २ जना घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम- अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल नगरपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा गाडीका चालक र सहचालक गरि २ जना घाइते भएका हुन् ।

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार ट्याक्टर दुर्घटनामा  घाइते हुनेमा चालक बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाका २५ वर्षीय महेश बहादुर भारती र सहचालक पञ्चदेवल विनायक २ बस्ने २७ बर्षका  नेत्र बिक। रहेका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा मंगलसैनमा लगिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update