Sagun Khabar
बैतडीका ४ महिलाले सिके गाडी चलाउन 

बैतडी- बैतडीका महिलाहरुले गाडी चलाउन सिकेका छन् । जिल्लाको सुर्नया गाउँपालिका र  सिगास  गाउँपालिकाका ४ जना महिलाहरुले गाडी चलाउन  सिकेका हुन् ।  

‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल उद्येश्यका साथ सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल बैतडीको आयोजना र डडेल्धुराको उग्रतारा ड्राइभिङ ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा जिल्लाका चार जना महिलाहरुलाई ड्राइभिङ तालिम दिइएको  हो । बैतडीको सुर्नया गाउँपालिकाका खगेश्वरी भट्ट, मानमती भट्ट, हिमा खत्री र सिगास गाउँपालिकाका मञ्जु धामीले ड्राइभिङ तालिम पाएका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

फागुन २८ गतेदेखि सुरु भएको तालिम बिहीबार बिविवार  सम्पन्न भएको हो । ड्राइभिङ तालिम दिएर एक महिनामा चारै जना महिलालाई जिप चलाउनका लागि योग्य बनाएको ड्राइभिङ सेन्टरका प्रवन्ध निर्देशक तेजबहादुर ऐरले बताए ।

सीप सिकाएर महिलालाई स्वरोजगार बनाउने उद्येश्यका साथ ड्राइभिङ तालिम सञ्चालन गरिएको साडा नेपाल बैतडीका प्राविधिक महेश भण्डारीले बताए । ड्राइभिङ  तालिम पाउँदा महिलाहरु पनि खुसि छन् ।एक महिने तालिममा  गाडी चलाउन सिकेको र लाइसेन्स निकालेर स्वरोजगार बन्ने लक्ष्य रहेको महिलाहरुले  बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update