Sagun Khabar
मालपोत बैतडीमा दिपप्रज्वलन देखि सम्मान सम्मका कार्यक्रम, कारण यस्तो छ ?

बैतडी- मालपोत कार्यालय बैतडीले विभिन्न कार्यक्रम गर्दैछ  ।  लिखत रजिष्ट्रेशन पारित भएर  १०२ वर्ष पूरा भएको उपलक्ष्यमा मालपोत कार्यालय बैतडीले कार्यालयमा विभिन्न कार्यक्रम गरिरहेको हो ।

 नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर १ सय २ वर्ष पुरा भएको अवसरमा मालपोतकार्यलय बैतडीले पनि तीन दिने कार्यक्रम गर्दै छ । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका  कार्यालयहरुमा तीन दिने  कार्यक्रम गर्न गरिएको पत्राचार अनुसार बैतडीमा पनि कार्यक्रम गरिन लागिएको  मालपोत कार्यालय बैतडीका नायब सुब्बा लोकेन्द्र प्रशाद पन्तले  जानकारुी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार माथिकै  परिपत्र अनुसार लिखत रजिष्ट्रेशन पारित भएर १०२ वर्ष पूरा भएको उपलक्ष्य  बैतडीमा  पनि विभिन्न कार्यक्रम गरिदै छन् । शुक्रवार कार्यालय परिसरमा  सरफाइ गरिएको छ । यस्तै शनिवार दिपप्रज्वलन गरे र दिपावली मनाउने  र २ गते प्रथम सेवाग्राहीलाई  सम्मान गर्ने कार्यक्रम रहेको कार्यलयका नासु पन्तले बताए ।

नेपालमा पहिलो पटक १९७९ साल वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको थियो । सोही दिनको खुसियालिमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयहरुमा प्रत्येक वर्ष कार्यक्रम हुने गरेका छन् ।    

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update