Sagun Khabar
बैतडी सहित सुदूरपहाडमा बिसु पर्व हर्षोल्लासका साथ मनाइँदै

बैतडी- बैतडी सहित सुदूरपहाडमा नयाँ वर्षलाई  बिसु पर्वका रुपमा  धुमधाम संग मनाइँदै छ । बैशाख १ गतेलाई सुदूरपश्चिमेलीहरुले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । विशेष गरि बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बिसु पर्वको रौनकता छाएको छ ।

खासगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ,डोटी, अछाम, बाजुरा लगायत  जिल्लामा बिसु पर्व हर्षाेल्लास साथ मनाइन्छ । बिसु पर्व सबै पर्व मध्येको जेठो र महत्वपूर्ण पर्व हो । यो पर्वमा प्रदेश गएकाहरु पनि गाउँघर आएकाले बिसुको छुट्टै प्रकारको रौनकता छाएको स्थानीय कलम भट्टले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै यो पर्वका  धार्मीक तथा साँस्कृतिक महत्वहरु पनि रहि आएका छन् । बिसुको दिन सिस्नो लगाउने चलन रहि आएको छ । बिहानै  उठेर नदि तलाउमा   गएर स्नान गरिन्छ ।  बैतडीमा  अयारको पात शरिरमा लगाएर  स्नान गर्ने  चलन रहेको स्थानीय प्रविन धामीले बताए ।  बिसु पर्वको बिहान बिस बग्यो, बिस बग्यो  भन्दै स्नान गर्ने चलन रहि आएको  उनले  बताए ।

यसले  शरिरको सबै  बिस पखालिने विश्वास छ ।  बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र साथै  सिस्नो लगाउने  चलन पनि  रहि आएको स्थानीय राजमती  भट्टले  बताइन । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउँछन् ।यस्तै देवर नहुने र नन्दन हुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउँछन् ।

बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने गरिएको संस्कृतिका जानकार बताउँछन् । बिसुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update