Sagun Khabar
बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update