Sagun Khabar
भारतमा सडक दुर्घटनामा परेर  अस्ताए बैतडीका भरत 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-बैतडीका एक युवकको सडक दुघर्टनामा मृत्यु भएको छ । जिल्लाको  मेलौली नगरपालिका  वडा नं ७ काँणा घर भएका  ३० वर्षका  भरत भट्टको भारतको  मूम्बईमा सडक  दुर्घटनामा परेर मृत्यु भएको हो ।

केहि दिन पहिले सडक दुर्घटनामा परेर  गम्भीर   घाइते  भएका उनको उपचारको  क्रममा शनिवार मृत्यु भएको मेलौली नगरपालिका वडान नं ७  का वडा अध्यक्ष रामचनद्र  भट्टले  जानकारी दिए ।  पारिवारिक स्रोतका अनुसार भरत  मूम्बई नासिकमा ड्यूटी सकेर कोठा फर्कने क्रममा सवारी दुर्घटनामा परी  गम्भीर  घाइते भएका र नासिक मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

करिब ३ वर्ष पहिले  बिहे गरेर रोजगारीको सिलसिलामा भारत गएका भरत श्रीमती संगै भारतको मूम्बईमा बस्दै आएका  थिए । मृतक  भरतका श्रीमती र एक छोरी रहेका बताइएको छ ।  भरत सडक दुर्घटना   परेर अल्पायुमै  अस्ताए पछि अहिले काँणा टोल शोकमा डुवेको  वडा अध्यक्ष   भट्टले   बताए  ।  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update