Sagun Khabar
मालपोत कार्यालय बैतडीमा सेवा लिन पुगेका पहिलो सेवाग्राही भट्ट सम्मानित 

बैतडी- मालपोत कार्यालय बैतडीले सेवाग्राहीलाई सम्मान गरेको छ । मालपोत कार्यलय  बैतडीले  नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर १ सय २ वर्ष  पुरा भएको अवसरमा आयोजित कार्यक्रममा आइतबार  सेवाग्राहीलाई  सम्मान गरेको हो ।

लिखित रजिस्ट्रेशन पारित भएको १ सय २ वर्ष पुराभएर १ सय ३  वर्षमा प्रवेश गरेको अवसरमा  मालपोत कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही दशरथचन्द नगरपालिका वडा नं ५  का नागेन्द्र प्रशाद  भट्टलाई सम्मान गरिएको मालपोत कार्यालयका नायव सुब्बा लोकेन्द्र प्रशाद पन्तले जानकारी दिए  ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार सेवाग्राहीलाई अबिर खादासहित सम्मान गरिएको छ । नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर १ सय २ वर्ष पुरा भएको अवसरमा मालपोतकार्यलय बैतडीले पनि  तीन दिने  कार्यक्रम गरेको  थियो ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका  कार्यालयहरुमा तीन दिने  कार्यक्रम गर्न गरिएको पत्राचार अनुसार बैतडीमा पनि कार्याक्रम गरिएको नायव सुब्बा पन्तले  बताए  । नेपालमा पहिलो पटक १९७९ साल वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको थियो ।

१ सय २ वर्ष पुराभभएको   ऐतिहासिक अवसरमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका  कार्यालयहरुमा विभिन्न कार्यक्रम गरिएका हुन्  ।  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update