Sagun Khabar
भारतीय दूतावासद्वारा सुर्नया गाउँपालिकालाई एम्बुलेन्स प्रदान


बैतडी - काठमाडौंस्थित भारतीय दूतावासले बैतडीको सुर्नया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । दूतावासले आइतबार एक कार्यक्रमकाबिच एम्बुलेन्स प्रदान गरेको हो ।

विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई नेपाल भारत विकास साझेदारी अन्तर्गत एम्बुलेन्सहरु प्रदान गरेको र त्यसै कार्यक्रम अन्तर्गत सुर्नया गउँपालिकालाइ पनि एम्बुलेन्स प्रदान गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिए । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनको हातबाट चाबी ग्रहण गरेको र विरगञ्ज भन्सार कार्यालयबाट कागजपत्र पुरा गराई एक हप्ता भित्रै एम्बुलेन्स पालिकामा पुग्ने उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले गाउँपालिका भित्र दुई ओटा एम्बुलेन्स रहेका छन् । सो एम्बुलेन्सले अहिले सेवा दिइरहेका छन् । गर्भवती तथा सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा निशुल्क रहेको र अन्यबाट कार्यविधि अनुसार शुल्क लिने गरिएको छ । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल सम्म गर्भवती तथा सुत्केरी महिलाहरुलाई लग्नुपरेमा निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरिएको छ । प्रसुती व्याथा लागेका आमाहरुलाई अन्यत्र रेफर गर्नुपरेमा,सुत्केरी अवस्थामा जटीलता आएर अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएमा उनीहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने गरिएको छ ।

यस्तै दुर्घटनाका गम्भीर घाइतेहरुलाई समेत निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरिएको हो । यो सँगै अब गाउँपालिकामा तिन वटा एम्बुलेन्स भएको र कानुनी प्रकृया पुर्याएर एउटा एम्बुलेन्सलाई शव वहान बनाउने गृहकार्यमा रहेका अध्यक्ष कुँवरले बताए । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवा र विद्यार्थीहरूको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update