Sagun Khabar
अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

अछाम - अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ। ल्लेख गाउँपालिका वडा नम्बर–६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update