Sagun Khabar
बैतडीको मेलौलीमा कक्षा ८ को परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - बैतडीमा मेलौली नगरपालिकाले  कक्षा ८ को परीक्षामा उत्कृष्ट विद्यार्थीलाई  पुरस्कार दिने   भएको छ ।  मेलौली नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षामा प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने भएको  हो ।

बैशाख ३ गते बसेको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्ने  निर्णय गरेको नगरपालिकाको शिक्षा युुवा तथा खेलकुद शाखाका प्राविधिक सहायक रोहित भट्टले जानकारी दिए । उनका अनुसार  कक्षा ८ को  बोर्ड परीक्षामा प्रथम भएका  मणिलेक माविका पवन सिंह नायकले २० हजार पाउने  छन् ।

यस्तै द्धितिय भएका  सोही विद्यालयका पुस्कर भट्टले १५ हजार  र तृतिय स्थान हासिल गर्ने शितलपूर माविकी छात्रा अस्मीता विष्टले नगद १० हजार सहित प्रमाण पत्र पाउने बताइएको छ । सो पुरस्कारले विद्यार्थीमा प्रतिस्पर्धाको भावना जाग्ने र यसबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने  अपेक्षा गरिएकोे नगर प्रमुख भीम बहादुर चन्दले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update