Sagun Khabar
बैतडी लगायत सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - बैतडी लगायत सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा  प्रभावित भएको हो।

बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन्।   बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले   सेवा प्रभावित भएको  नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टले  बताए । फाइबर काटिनुको कारण खुलेको छैन। नेपाल टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको छ। तर, उनीहरू फाइबर काटिएको ठाउँ पुगेका छैनन। प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए।

सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन। नेपाल टेलिकमको सेवा प्रभावित भएपछि  सेवाग्राही समस्यामा परेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update