Sagun Khabar
बैतडीमा भोलि देखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने  
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा पनि भोलि देखि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने  भएको  छ । । ‘राष्ट्रिय भिटामिन ए’ को सबै तयारी पूरा भएको स्वास्थ्यका कार्यालय  बैतडीले  जनाएको  छ ।

भोलि र पर्सि  भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । बैतडी लगायत देशैभरि झण्डै ३२ लाख बालबालिका भिटामिन ‘ए’ र झण्डै २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाइने बताइएको  छ । आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update