Sagun Khabar
ट्राफिक कार्यालय बैतडीले उठायो २५ लाख बढी राजस्व 

बैतडी- जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले २५ लाख बढी राजस्व संकलन गरेको  छ ।  २०८० सालमा ट्राफिक  कार्यालय बैतडीले ४ हजार ७ सय २३ओटा सवारीसाधनलाई  कारबाही गरेर २५ लाख १ हजार राजस्व संकलन गरेको  हो ।

ट्राफिक  नियम उल्लंघन गर्ने सवारीसाधनहरुलाई कारबाही गरेर २०८० बैशाख १ गते देखि चैत्र ३० गते  सम्म २५ लाख १ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख गंगादत्त पन्तले जानकारी दिए । ट्राफिक कार्यालय बैतडीले  बैशाख महिनामा ३ सय १८ सवारीसाधनलाई  कारबाही गरेर १ लाख ७६ हजार  ५ सय  राजस्व संकलन गरेको  छ । यस्तै जेठमा ४ सय ६ सवारीसाधन कारबाहीमा परेका छन्  भने  २ लाख ३५ हजार  राजस्व संकलन भएको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

असारमा ५ सय ७८ कारबाही, ३ लाख १९ हजार पाँच सय  राजस्व, साउनमा ४सय ३० कारबाही, २लाख ३२ हजार राजस्व,भदौमा ३ सय ८ कारबाही, १ लाख ६१ हजार  ५ सय राजस्व, असोजमा ४४१ कारबाही,२ लाख ३३ हजार राजस्व र कात्तिक महिनामा ४सय ६८ सवारीसाधनलाई  कारबाही गरेर २ लाख ४७ हजार  राजस्व संकलन गरेको  छ ।

यसै गरि  मंसिर महिनामा ४सय४७ कारबाही,२ लाख ३४ हजार  राजस्व, पुसमा ३ सय ६३ कारबाही,१ लाख ९० हजार राजस्व, माघमा २ सय ७४ कारबाही,१ लाख ४८ हजार  राजस्व, फागुनमा ३सय  २८  कारबाही गरेर  १ लाख ७५ हजार  ५ सय  राजस्व संकलन भएको  छ  भने चैत्र महिनामा  ३सय ६१ सवारीसाधनलाई  कारबाही गरेर १ लाख ८४ हजार राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय बैतडीले जानएको  छ ।

बस,ट्रक, जिप,ट्याक्टर, मोटरसाइकल लगायतका सवारीसाधन कारबाहीमा परेका बताइएको छ । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु  कारबाहीमा परेका ट्राफिक प्रमुख पन्तले  बताए । ट्राफिक प्रहरीको अहिले जिल्लाका चार ठाउँमा उपस्थिति छ । जिल्लाको  साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको  हो ।  

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update