Sagun Khabar
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- आजदेखि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै  छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइदै  छ ।

 देशैभरि झण्डै ३२ लाख बालबालिका भिटामिन ‘ए’ र झण्डै २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै यसअघि खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाइने बताइएको छ ।

आफ्ना बालबालिकाहरूलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ । बैतडीमा पनि आज र  भोलि  बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय  बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update