Sagun Khabar
नेविसंघले बुझायो बैतडीको सुर्नया गाउँपालिकालाई १७ बुँदे ज्ञापन पत्र

बैतडी- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्थानीयतहलाई  ज्ञापन पत्र बुझाएको  छ । आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा बिहीवार  विभिन्न माग राख्दै नेविसंघले  स्थानीयतहहरुलाई  ज्ञापन पत्र बुझाएको  हो ।

केन्द्रीय  कार्यक्रम अनुसार बैतडीमा पनि  नेविसंघले स्थानीयतहरुलाई  ज्ञापन पत्र बुझाएको  छ । केन्द्रीय  कार्यक्रम अनुसार  सुर्नया गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको नेविसंघका नेता जयन्त प्रसाद भट्टले जानकारी दिए ।  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर रोकालाई  ज्ञापन पत्र बुझाइएको उनले  बताए ।

वर्तमान शैक्षिक अवस्थाको  अनुगमन,  अध्यन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तह सम्मको  शिक्षामा देखिएका विद्यालयका साँझा समस्या समाधान गर्न  माग सहित स्थानीय सरकारलाई  ज्ञापन पत्र बुझाइएको  नेवि संघका केन्द्रीय  प्रतिनिधि एवं नेता भट्टले बताए । शिक्षा पूर्ण निःशुल्क गर्न , कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत सार्वजनिक शिक्षामा बिनियोजन गर्न ,सार्वजनिक विद्यालयको  नाममा रहेको सम्पत्तिको  सुरक्षा एवं  संरक्षण गर्दै  भौतिक पूर्वाधारहरु, कक्षा कोठा, लैंगीक मैत्री शौचालय स्वच्छ पिउने पानी,पुस्तकालय, कम्प्युटर ल्याब,विज्ञान प्रयोगशाला, चमेना गृह,एवं  खेलमैदान तोकिएको  मापदण्ड अनुसार अपाँगमैत्री बनाउन आवश्यक प्रकृया यथाशीघ्र अगाडी बढाउन माग गरिएको  छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत रोकाले नेविसंघले उठाएको मुद्दा सान्दर्भिक भएको र उक्त विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि आधार तय हुने बताएका छन्। नेपाल विद्यार्थी संघले आज आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा देशभरिका ७५३ वटै स्थानीय  तहमा ज्ञापन पत्र बुझाएको नेता भट्टले बताए। 

IMG-20240418-WA0001-1713440784.jpg

IMG-20240418-WA0000-1713440783.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update