Sagun Khabar
बैतडीको सुर्नयामा एक जना पुरुष मृत फेला

बैतडी- बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–८ ढोलेमा ४५ वर्षिय पुरुष मृत फेला परेका हुन् ।

सुर्नया गाउँपालिका  वडा नं ८ मा डेरा गरि  बस्दै आएका सडक खण्डमा काम गर्ने  कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका मजदुर  पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत  फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी  प्रवक्ता प्रहरी निरीक्ष खेमविक्रम  केसीले जानकारी  दिए । बुधवार राति खाना खाएर   सुतेका उनि बिहीवार बिहान ६ बजे  मृत अवस्थामा फेला परेका बताइएको  छ ।

मृतक धोबीको शव पोष्टमार्टमा लागि डडेल्धुरा अस्पतला लगिएको  प्रहरी प्रवक्ता केसीले  बताए  । उनको  मृत्युको  कारण खुलेको  छैन्  घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update