Sagun Khabar
बैतडीमा  दुई घरमा आगलागी,५ लाख बराबरको धनमाल जलेर नष्ट
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-बैतडीमा  दुई घरमा आगलागी भएको छ।जंगलमा लागेको आगोबाट जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय  तथा चौपाया क्षती भएको  छैन् ।  उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update