Sagun Khabar
बैतडीका दुई वडामा छैन् स्वास्थ्य चौकी  

बैतडी- बैतडीका दुई ओटा वडा स्वास्थ्य चौकी विहिन रहेका पाइएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ३ र वडा नं ६ स्वास्थ्य चौकी विहिन रहेका हुन् ।

८४ वडा रहेको बैतडीमा मेलौलीका दुई वडा अहिले पनि स्वास्थ्य चौकी विहिन रहेका स्वास्थ्य कार्यालय बैतडीका  प्रमुख  योगेश प्रशाद भट्टले  जानकारी दिए । स्वास्थ्य  संस्था नहुँदा ती वडाका  नागरिकहरुले आधारभूत सेवाका लागि अन्यत्र जानू पर्ने बाध्यता रहेको छ । स्वास्थ्य  चौकी नहुँदा समस्या भएको मेलौली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तारादत्त भट्टले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

स्वास्थ्य चौकी नहुँदा  सेवा लिनका   लागि समस्या भएको स्थानीय नागरिकहरुको  भनाई  छ ।  स्वास्थ्य चौकी नहुँदा समस्या भएको  कुरा सरोकारवाला निकाय संग राखेर  निर्माणका लागि पहल भैरहेको वडा कार्यालयले  जनाएको  छ ।   वडाको गाँजरी टोल र पोखरी टोलको  बिचमा पर्ने घरकट्या भन्ने  ठाउँमा स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा उपलब्ध भएको  वडा अध्यक्ष भट्टले  बताए ।  

भवन निर्माणका लागि संघ सरकार संग बजेट माग गरिएको  पनि उनले  बताए । वडा नं  ६ ले अहिले वडा कार्यलयबाट  आधारभूत सेवा दिइरहेको  समेत जनाएको  छ ।  यता वडा नं  ३ मा  पनि  स्वास्थ्य  चौकी छैन् । यहाँका नागरिहरुले  वडा नं  २ मा रहेको  स्वास्थ्यचौकीबाट सेवा लिने गरेका छन् । स्वास्थ्य चौकी  अभावमा नागरिकहरुले बर्थिङसेन्टर र वडा नं  २ मा गएर  सेवा लिने गरेका वडा अध्यक्ष गगन सिंह भाटले  बताए ।

वडामा स्वास्थ्य  चौकी  निर्माणका लागि  पहल भएको समेत उनले बताए।  वडाको  मलेनामा स्वास्थ्यचौकी  निर्माणका लागि जग्गा उपलब्ध भएको र बजेटका  लागि पहल भैरहेको वडा अध्यक्ष भाटले बताए । जिल्लामा स्वाथ्य क्षेत्रमा उल्लेख्य प्रगति र विकास भएको चर्चा चलिरहे पनि दुई वडाका नागरिकहरुले अहिले पनि सहज रुपले  आधारभूत स्वास्थ्य  सेवा पाउन सकेका छैनन् ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update