Sagun Khabar
सिन्धुपाल्चोकमा जन्ती बोकेको  बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं - सिन्धुपाल्चोकको  त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले रातोपाटीलाई जानकारी दिए । 

 

स्वास्थ्य सन्देश
Atrya hospital

 

 

दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर आएको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना दुर्घटनामा परेको हो । बसमा ५५ जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते भएको भण्डारीले जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update