Sagun Khabar
हमासको कब्जामा रहेका विपीनका परिवारले प्रधानमन्त्री भेटे, रिहाइका लागि आग्रह

बैतडी- हमासले बन्धक बनाएका विपीन जोशीलाई छुटाउनका लागि पहल गरिदिन परिवारले  प्रधानमन्त्रीलाई  आग्रह गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटघाट गरेर रिहाइका लागि पहल गरि दिन आग्रह  गरेका हुन् ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको बताए । रिहाइका निम्ति निरन्तर पहल भैरहेको  उल्लेख गर्दै उनले  चाँडै सकारात्मक परिणाम आउने आफू आशावादी रहेको बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको दोगडाकेदार गाउँपालिका– १ रीम मूल घर भइ कञ्चनपुरमा बस्दै आएका जोशी गत वर्षको असोज २०गतेदेखि हमासको नियन्त्रणमा रहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत जोशी भदौ अन्तिम साता इजरायल गएका थिए । उनीसंगै ४९ जना विद्यार्थीहरु इजरायल पुगेका थिए । ती मध्ये विद्रोही समूह हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो ।

जोशीको सकुशल उद्धारको माग गर्दै परिवारले लामो समय देखि सरकारको  ढोका ढकढकाइ राखेपनि उनको रिहाइ हुन सकेको  छैन । विपीनको रिहाइ गर्न नसकेको  भन्दै जनस्तरबाट सरकारको  अहिले आलोचना समेत भैरहेको  छ 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update