Sagun Khabar
बैतडी घर भएका तेक्वान्दो खेलाडी प्रकाशले जिते भारतमा दोहोरो स्वर्णपदक  

बैतडी- बैतडी घर भएका तेक्वान्दो खेलाडी प्रकाशले अन्तराष्ट्रिय स्तरमा दोहोरो पदक जितेका छन् ।  महाराष्ट्र तेक्वान्दो एकेडेमीको  आयोजनामा भारतमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रकाश साउदले दुई विधामा  दोहोरो स्वर्णपदक  हात पारेका हुन् ।

उनले पुम्से र क्योरुगी ६८ केजी तौल समुहमा दोहोरो स्वर्ण पदक जितेका छन्। अन्तराष्ट्रिय स्तरमा दोहोरो स्वर्ण पदक जित्ने उनी बैतडीका पहिला खेलाडी हुन। जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ पालिगडा घर भएका तेक्वान्दोका खेलाडी प्रकाश तेक्वान्दो खेलका प्रशिक्षक समेत हुन् ।  प्रकाश काठमाण्डौँको थानकोटमा रहेको चन्द्रागिरी तेक्वान्दो क्लवमा आवद्ध छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तेक्वान्दो खेलिसकेका प्रकाश बल्याक बेल्ट सेमत हुन् । साउद १९ वर्ष मुनिको गोल्डमेडेलीस्ट समेत हुन । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय थुप्रै खेल खेलिसकेका छन्।  उनले  २०२१ मा भारतमा भएको १९ वर्ष मुनिको ५७ किलो क्याटागोरीको तेक्वान्दो प्रतियोगितामा गोल्डमेडल प्राप्त गरेका थिए ।

तेक्वान्दो खेलाडि प्रकाश खेल संगै काठमाणडौँमा इन्जिनियरिङपनि पढ्दै छन् । भारतमा भएको प्रतियोगिताबाट स्वर्णपदक जितेका प्रकाशलाई अहिले बधाईको ओइरो लागेको  छ । खेलेको  खेलमा सफलता मिलिरहेको भन्दै उनले शुभचिन्तकको माया र अर्शिवादले थप उर्जा थपेको बताए ।   

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update