Sagun Khabar
चैतेदशैँको अवसरमा बैतडीका शक्तिपीठमा ६ सय ८९ पशुको बलि 

बैतडी- बैतडीमा झण्डै ७ सय पशुको बलि दिइएको छ । जिल्ला भित्रका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा चैतेदशैँको अवसरमा लागेको जात्रामा ६ सय ८९ पशुको बलि दिइएको हो ।

नवरात्र शुरु भएदेखिनै यहाँका शक्तिपीठमा पूजाआजा हुने र चैतेदशैंमा बलि चढाउने परम्परा छ । जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा मात्रै १ सय ८९ राँगा र १ सय  बोका गरी २८९पशुको बलि दिइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा लागेको थियो । यो मन्दिरमा सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै  मेलौली नगरपालिका १ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा १०७ राँगा र १२९ बोकाको बलि दिइएको छ । यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव मन्दिरमा ११८ पशुको बली दिईएको छ। गाउँपालीकाको  वडा नं ५ कफाडीमा रहेको उदयदेव मन्दिरमा ५० राँगा र ६८ बोका गरी ११८ पशुको बलि  दिइएको हो । यस्तै डिलाशैनी गाउँपालिका वाड नं ५ स्थित  काफ्लाशैनी मन्दिरमा १९ राँगा र २७ बोकाको  बलि दिइएको  छ ।

बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वासले दर्शनार्थीले भाकल गरे अनुसार बलि दिने गरेका छन् । बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास छ । मनोकामना पूर्ण हुने भएकाले पशुबलि दिने गरिएको  यहाँका भक्तजनहरुको भनाई छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update