Sagun Khabar
बैतडीमा सर्वाधिक धनराशीको  खुल्ला भलिबल प्रतियोगिता हुँदै 

बैतडी- बैतडीमा सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगिता हुने भएको  छ । नेपाल खेलकुद महासंघ बैतडीको  आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ स्थित निङ्गलाशैनी खेलमैदानमा  जेठ ३ गते देखि खुल्ला भलिबल प्रतियोगिता हुने भएको  हो । शनिवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको  छ ।

नेपाल खेलकुद महासंघले आयोजना गर्न लागेको उक्त प्रतियोगीतामा जिल्लाका १० ओटै स्थानीयतहका खेलाडी बिच महिला र पुरुष तर्फ छुट्टाछुट्टै प्रतिस्प्रर्धा हुने बताइएको छ । प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाट गरिने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताए ।  महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगितामा उचित पुरस्कारको समेत  व्यवस्था गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रथम पुरस्कार ७७ हजार ७ सय ७७  राखिएको  छ । यस्तै द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ , तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र शान्तोना पुरस्कार ३३ हजार  ३ सय३३  राखिएको  महासंघका जिल्ला कमिटी अध्यक्ष  चन्दले बताए । यस्तै अनुशासित टिमलाई ११ हजार  १ सय११, उत्कृष्ट खेलाडीलाई ७हजार ७ सय ७७, बेष्ट स्पाइकर ,बेष्ट सटर , बेस्ट ब्लकर,बेष्ट डिफेन्डर , बेष्ट सरबर,उदयमान खेलाडी,सिनियर  खेलाडीलाई  ३ हजार ३ सय ३३ पुरस्कार  प्रदान गरिने  बताइएको  छ ।

 यसैगरि उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट व्यवस्थापकलाई ५ हजार ५ सय ५५ पुरस्कार सहति सम्मान  गरिने आयोजकले  जनाएको  छ । प्रतियोगीताको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । यस प्रतियोगीता संगै पर्यटन महोत्सवको समेत आयोजना गरिने बताइएको  छ ।

प्रतियोगीताको उद्घाटन सत्रमा ब वरिष्ट गायक तिलकसिंह पेला, महेश कुमार औजी, अन्तराम बिष्ट, शेरी औजी, भानुभक्त जोशी लगायतका कलाकारहरुलाई आमन्त्रण गरिने महासंघका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताए । करिब एक सातासम्म संचालन हुने उक्त कार्यक्रम अवधिभर जिल्लामा भलिवलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारहरुलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ ।

प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दीरको खेल मैदानमा सम्पन्न हुने प्रतियोगीताले खेलाडीहरुमा उत्साह जगाउनुका साथै नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागि हुने  टिमले  बैशाख २५ गते  भित्र टिम दर्ता  गराइ  सक्नु  पर्ने  छ । टिम दर्ता  शुल्क ३ हजार  राखिएको  छ ।     

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update