Sagun Khabar
बैतडीको मेलौलीमा पचकोरा गाउँकोट तितावै सडक विस्तार सुरु

बैतडी - बैतडीको मेलौली नगरपालिकाका  जनता सडक यातायातको पहुँचमा पुग्दै छन् । सडक पहुँच भन्दा टाढा रहेका नागरिकहरु अहिले यातायातको पहुँचमा पुग्न थालेका हुन् । नगरपालिकाका वडा कार्यालयहरुमा सकड सञ्जाल पुगेका छन् ।

तर कतिपय  टोल बस्तिका ननागरिकहरु भने सडक पहुँच बाहिर छन् । अहिले तीनै नागरिहरुको  सहज पहुँचका लागि सडक सञ्जाल विस्तारको काम भैरहेको मेलौली नगपालिकाका नगर प्रमुख भिमबहादुर चन्द (भूकम्प)ले बताए । मेलौली नगरपालिकाको पचकोरा गाउँकोट तितावै सडक विस्तार सुरु भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

संघ सरकारको बजेटबाट सो सडक विस्तार कार्य सुरु भएको हो । नगर प्रमुख चन्दले  शनिवार एक कार्यक्रमका बिच सडकको उद्दाटन गरेका छन् । वडा नं ७ को गाउँकोटबाट सडक विस्तार सुरु भएको छ ।यो सडक विस्तारपछि यातायातको पहुँच बाहिर रहेका नागरिकहरुलाई सहज हुने नगर प्रमुख चन्दले बताए ।

यो सडकले मेलौली लगायत पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका  नागरिकहरुलाई  समेत  सहज हुने उनले बताए । यो  अर्थिक वर्ष  भित्रै सक्ने लक्ष्यका साथ सकड विस्तार भैरहेको  छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update