Sagun Khabar
बैतडीमा मदिरा छोड्नेलाई वडा कार्यालयको सम्मान

बैतडी- बैतडीमा मदिरा छोड्ने एकजनालाई सम्मान गरिएको छ । जिल्लाको सिगास गाउँपालिका वडा न.६ का प्रेम सिंह धामिलाई सम्मान गरिएको हो । 

मदिरा सेवन गर्न छोडेका धामिलाई वडाकार्यालय बोलाई सम्मान गरिएको सिगास गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष तेज बहादुर घामिले बताए ।  

स्वास्थ्य सन्देश
Atrya hospital

पुर्णरुपमा मदिरा सेवन गर्न छोडेको भन्दै धामिलाइ आइतबार जनप्रतिनिधी र महिला सञ्जालका पदाधिकारीको उपस्थीतीमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । 

पछिल्लो समय गाउँमा मदिरा सेवनले गर्दा विभिन्न खाले घरेलु हिंसा झैझगडा हुने गरेको भन्दै निर्वाचित भएदेखी नै गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरेको वडा अध्यक्ष साउँदको भनाई छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update