Sagun Khabar
कोशीमा नयाँ सरकार गठनविरुद्ध केदार कार्कीद्वारा सर्वाेच्चमा रिट दायर 

काठमाण्डौ – कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । 

रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । यस्तै हिक्मत कार्कीलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न÷नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न÷नगराउनसमेत अन्तरिम आदेश माग गरिएको छ । सर्वोच्चले केदार कार्कीले दायर गरेको रिटको पेसी भोलि शुक्रवारका लागि तोकेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

गए राति प्रदेश प्रमुखले ४८ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । 

आज बिहान एमालेका हिक्मत कार्कीले नेपालको संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update