Sagun Khabar
कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
Atrya hospital

काठमाण्डौं –कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update